काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका मुखमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद बढेको छ ।
सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।
अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् ।
उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।
सभापति शेर्पाले आफूखुसी गरेको टिकट वितरणका कारण स्ववियु निर्वाचन प्रतिकूल बनेको र एकलौटीरूपमा चिठी बाँडेको आरोप छ ।
Leave a Reply