Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘कोशी प्रदेश’ नाम खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ नामाकरण भएसँगै नामको विरुद्ध विभिन्न पहिचानवादी संघसंस्थाले काठमाडौंमा प्रर्दशन गरेका छन् ।

आइतबार किरात राई यायोक्खा,शेर्पालुङ राष्ट्रिय समन्वय समिति, नेपाल मगर संघ लगायतले प्रदेश १ को नाम कोशी खारेज गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘कोशी प्रदेश मान्दैनौँ, कोशी प्रदेश मुर्दावाद, पहिचानविरोधी होसियार,कोशी खारेज गर’ लगायत नारा लगाएका थिए।

उनीहरुले कोशी प्रदेश खारेज गरेर ‘लिम्बुवान किरात’ प्रदेश नामांकन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077