काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् ।
आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आचार्यलाई पार्टी प्रवेश गराएका हुन् ।
आचार्य राप्रपा नेपालमा प्रवक्तासहित कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए ।
कार्यक्रममा आचार्यसँगै विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायत पनि राप्रपामा प्रवेश गरेका छन् ।