Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत चारैजनाको उम्मेदवारी कायम रहेको जनाएको छ ।

उम्मेदवारविरुद्ध परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले भर्खरैमात्र उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

उपराष्ट्रपतिमा सत्तारुढ दलकै गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी गरेर तीनजना र नेकपा एमालेको तर्फबाट एकजना अष्टलक्ष्मी शाक्य गरेर चारजनाको उम्मेदवारी परेको छ ।

यसअघि शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादविरुद्ध उजुरी परेको थियो ।

उजुरीमाथि जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी पनि कायम गरेको छ ।

१० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077