काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथिको प्रष्टिकरण पेश गरेका छन् ।
आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् ।
शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेश गरेकी थिइन ।
सो दावी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका छन् ।
Leave a Reply