Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध जनमतको पनि उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीले उजुरी उजुरी दर्ता गरेको छ ।

राष्ट्रपतिमा पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनु पर्ने माग राखेर जनमतले यादवविरुद्ध उजुरी दिएको हो ।

उपराष्ट्रपतिको उम्मेदवार ममता झाले यादव विरुद्धको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले बताइन् ।

यादवविरुद्ध एमोलले पनि उजुरी दिइसकेको छ । उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुँदैछ। अब उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन आगामी आइतवार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077