Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु साह पनि सत्ता साझेदार दलको बैठकमा सहभागी

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा प्रभु शाह पनि सहभागी भएका छन् ।

आम जनता पार्टीका अध्यक्षसमेत रहेका साह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपस्थित भएका हुन् ।

२०७९ साल मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह निर्वाचित भएका थिए । उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077