Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपराष्ट्रपतिमा जनमत पार्टीको दाबी, ममताको नाम अनुमोदन

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ ।

सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको हो ।

सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो ।

यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ ।

गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077