Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा दोषी सांसद गुरुङलाई एक करोड बढी जरिवाना

काठमाडौं । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई कैद सजाय नहुने भएको छ।

बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना सुनाएको हो।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको विशेष अदालतले जनाएको छ ।

यो मुद्दामा गुरुङसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङ पनि संलग्न देखिएका हुन्। मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बनमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077