Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसदलाई माधवको निर्देशन - बिहीबार बिहान पार्टी कार्यालयमा उपस्थित हुनू

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सांसदलाई बिहीबार बिहान पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

उनले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई बिहीबार बिहान १० बजे पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् ।

पार्टी कार्यालयमा सांसद उपस्थित भएपछि राष्ट्रपति निर्वाचनमा मतदान गर्न सँगै जाने तयारी गरेको नेपालको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।

राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् । दुवै पक्षका नेताहरु पार्टी कार्यालमा पुगेर एकीकृत समाजवादीसँग मत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077