Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारका मन्त्री आचार्यको घरमा चोरी, अनुसन्धान गर्दै प्रहरी

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गएराति चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको हो । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।

के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ । हामीले अनुसन्धान थालेका छौँ,’ उनले भने । छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077