Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा कार्यसम्पादन समितिको बैठक लम्बियो, राष्ट्रपति चुनावमा तटस्थ बस्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

भोलि हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्नेबारे निर्णय लिन बैठक बसेको हो।

पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद हुँदा बैठक लम्बिएको छ । राजसंस्थाको पक्षमा वकालत गर्ने पार्टी भएकाले अधिकांशले तटस्थ बस्न सुझाव दिएका छन् ।

पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने पक्षमा केही नेताहरूले धारणा राखेका छन्। राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077