Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ को अन्तिम सिरिजका लागि नेपाली टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम घोषणा गरेको छ ।

काठमाडौंमा बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।

टिममा ओपनर कुशल भुर्तेल फर्किएका छन् भने सन्दीप जोरा वैकल्पिकमा झारिएका छन् । नेपाल, युएई र पिएनजीबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी

वैकल्पिक

सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077