Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले दियो एआईजी बढुवाका लागि अनुमति

काठमाडौं । नेपाल प्रहरीमा रिक्त एआईजी पदमा बढुवाका लागि निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति निर्वाचनका लागि आचारसं‌हिता लागू भएका कारण एआईजी बढुवाका लागि आयोगको स्वीकृति लिनुपरेको हो ।

गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको थियो ।

गत मंसिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको थियो । लामो समयदेखि रिक्त पदमा बढुवा हुन सकेको छैन ।

एआईजी बढुवा हुन नसक्दा भावी आईजीपी डीआईजीबाटै नियुक्त गर्नुपर्ने अवस्था आउन लागेका बेला सरकारले बढुवाका लागि आयोगसँग स्वीकृति लिएको हो । एआईजी बन्ने दौडमा पहिलो नम्बरमा डीआईजी वसन्त कुँवर छन् । उनी डीआईजी हुँदा पहिलो वरीयतामा बढुवा भएका थिए ।

कुँवरपछि दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । यस्तै, तेस्रो नम्बरमा रहेका डीआईजी अशोक सिंह अवकाशमा गइसकेका कारण दीपक थापाले सो स्थान लिएका छन् भने डीआईजी श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि पाँच एआईजी बढुवा हुँदा त्यसैभित्र पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077