Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल बारले भन्यो - शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोगहरू नै जिम्मेवार हुनुपर्छ

काठमाडौं। नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपाल सरकार र गठित आयोगहरू जिम्मेवार हुन जरूरी रहेको बताएको छ।

नेपाल बारका तर्फबाट अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।

विज्ञप्तिमा भनिएको छ,‘आफ्नो कार्य क्षेत्राधिकार अन्तर्गतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना हुने गरी भ्रमपूर्ण अभिव्यक्तिहरू प्रकाशित भएको पाइएकोमा यस एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा आफ्नो कार्य क्षेत्राधिकार अन्तरगतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने भएकाले सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना गर्नु जायज नहुने उल्लेख छ ।

यस विषयलाई लिएर विवाद सिर्जना हुनेगरी भ्रमपूर्ण अभिव्यक्तिहरू प्रकाशित भएको भन्दै ध्यानाकर्षण भएको पनि जनाएको छ। ती निकायहरूलाई प्रभावित हुनेगरी यस्ता गतिविधि नगर्न, नगराउन पनि एसोसिएसनले आह्वान गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट दर्ता भएको हो।

शान्ति प्रक्रियाको समयोचित निरूपण नभई रहेको परिप्रेक्षमा हाल विभिन्न क्षेत्रबाट शान्ति प्रक्रिया एवम् सम्बन्धित विषयहरू र न्यायालयको नियमित क्षेत्राधिकार सम्बन्धमा उठिरहेका प्रतिक्रियाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077