Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको टिप्पणी- संक्रमणकालीन न्याय शक्ति र मिलीभगतमा टुंगिने कुरा होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय सत्ता र शक्तिको तजबिजीमा टुंगिने विषय नभएको बताएका छन् ।

उनले ट्वीटरमार्फत् द्वन्द्वकालीन मुद्दाको विषयमा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेपछि पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकार भएको टिप्पणी गरेका छन् ।

‘संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा हैन, यो पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकारको प्रश्न पनि हो’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077