Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग

    नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पार्टीबाटै राजीनामा माग भएको छ ।

    दुजाङले प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने र व्यक्तिगत स्वार्थका आधारमा जिल्ला अध्यक्ष तोक्ने काम गरेको भन्दै दोलखा जिल्ला कार्यसमितिले बर्खास्त गर्न माग गरेको हो ।



    सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरे ।



    पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै बस्खास्त गर्न माग गरिएको हो ।

    ‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौं,’ बर्माले पठाएको पत्रमा भनिएको छ ।

    गत फागुन १० गतेको निर्णय अनुसार सौगात थापालाई अध्यक्ष पदमा मनोनयन गर्न सर्वसम्मत सिफारिस समेत गरिएको लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार