Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहे भोज खाने बेला घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

मोरङ । घाँटीमा मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ ।

आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077