Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख देवराज घिमिरे बालुवाटारस्थित आफ्नै भवनमा सर्ने

काठमाडौं । सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् ।

गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् ।

गत सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ ।

आवश्यक प्रक्रिया पूरा भएपछि र रंगरोगनको काम सकिएपछि छिट्टै नै सभामुख घिमिरे बालुवाटारस्थित सरकार निवासमा सर्ने जनाइएको छ ।

राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077