Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा अनौठो कारबाही : तारजाली नाघ्नेलाई मेयर हमालले गरे खादासहित सम्मान !

कैलाली । धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले खादाले सम्मान गरेका छन् ।

तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन मेयर हमालले तारजाली नाघ्ने वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरेका हुन् ।

मेयर हमाललको सचिवालयका अनुसार धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका बेला पाध्यायलाई धनगढी उपमहानगरको टोलीले समातेर सम्मान गरेको हो ।

केही दिन अगाडि पनि बोटविरुवा सुरक्षा गर्न बनाएको तार जाली नाघेर सडक पार गरेका विभिन्न व्यक्तिहरुका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सडकको सुन्दरताका लागि उपमहानगरपालिकाले ६ लेन सडकको मेडियनमा विरुवा रोपेर तारजाली लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077