Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आठ दलीय गठबन्धन लामो समय जान्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन लामो समय जाने बताएका छन्।

आठ दलीय गठबन्धनले संघीय सांसदहरुलाई बिहीबार काठमाडौंमा राखेको प्रशिक्षणका क्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।

उनले भने, 'यो गठबन्धन पछिसम्म हुन्छ भन्ने मलाई विश्वास छ। अहिले हामीले कसरी भोट गर्छौँ भनेर प्रशिक्षणका लागि सांसद जम्मा गरेका हौँ ।नयाँ मान्छेहरुलाई पनि प्रशिक्षण कार्यक्रम चाहिन्छ। भोट क्रस हुने सम्भावना पनि छ। ह्विवप पनि लाग्दैन तर मलाई मलाई भोट क्रस होला जस्तो लाग्दैन।'

उनले मन्त्रिपरिषद् राष्ट्रपति निर्वाचनपछि विस्तार हुने बताए। उनले अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाडेपछि माधव नेपाल प्रधानमन्त्री हुने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077