Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भृकुटीमण्डप जग्गा प्रकरण : समाजकल्याणका सदस्य सचिव यादव पनि भ्रष्टाचारी ठहर

काठमाडौं । भुकृटीमण्डपको जग्गा फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा समाजकल्याण परिषदका तत्कालिन सदस्य सचिव रविन्द्र यादवलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।

अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले परिषद्का सदस्य सचिव यादव, मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्री न्यौपानेसहित नौ जनालाई दोषी ठहर गरेको हो ।

यादव बाबुराम पूर्वमन्त्री महिन्द्र राय यादवका भाइ हुन् । यादवले नै उनलाई समाजकल्याण परिषदको सदस्य सचिवमा नियुक्त गरेका थिए । तत्कालीन समाजकल्याण मन्त्री न्यौपाने र रविन्द्र यादवले टेकबहादुर गुरुङलाई फनपार्कको जग्गा कौडीको मूल्यमा भाडामा दिई अनियमितता गरेका थिए ।

जुन अनियमितताका बिरुद्ध २०७५ माघ २१ गते अख्तियारले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

दोषी ठहर भएकाहरुमा बद्री न्यौपाने, प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कानीन निर्देशक मदनप्रसाद रिमाल रहेका छन् ।

उनीहरुमाथि सजाय फागुन २५ गते निर्धारण हुने पेसी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077