Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निलम्बित सांसद गुरुङ र पूर्वमन्त्री न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले भुकृटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततामा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ र पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो । निलम्बित सांसद गुरुङ विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । अदालतले उनलाई फनपार्कको जग्गामा मतियार ठहर गरेको हो ।

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मतियारको रुपमा ठहर गर्दै सजाय भने फागुन २५ गते सुनाउने मिति तोकेको छ। मनाङबाट निर्वाचित भएका उनी निलम्बित छन् । २०७५ माघ २१ गते अख्तियारले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई विपक्षी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री न्यौपानेसमेत १४ जनालाई विपक्षी बनाएको थियो। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरेको थियो।

उक्त मुद्दामा ५ जनाले भने सफाइ पाएका छन् । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीका अनुसार रत्नबहादुर गाहा, बलबहादुर स्वार, मदनप्रसाद रिजाल, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाई पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077