Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणीमा हामफालेका २० वर्षीय युवकको सकुशल उद्धार

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ।

खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो सोमबार नदीमा हाम फालेका थिए।

जानकारी पाए लगत्तै सशस्त्र प्रहरीले उनलाई घटनास्थल भन्दा करीब १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो।

उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077