Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, राष्ट्रपति र उपनिर्वाचनबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन र चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

स्वतन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने उपसभापति अर्यालले बताए।

पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेपछि चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा पुनः लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077