बुटवल । सवारी दुर्घटनामा परेर रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।
शनिबार राति मोटरसाइकललाई बसले ठक्कर दिँदा त्यसमा सवार हितंगा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई राति करिब सवा ११ बजे सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको बसले बसपार्क नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाल्पा स्थायी घर भएका हितंगा एनएनटिभीमा कार्यरत थिए ।