Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीमा सरकारबाट बाहिरिएको राप्रपाको घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा दिने घोषणा गरेका छन्।

शनिबार साझ बसेको प्रदेश सभाको बिशेष समयमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिने घोषणा गरेका हुन्।

आजै राजीनामा पत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष बुझाउने उनले बताएका छन् ।

राप्रपा बागमती संसदीय दलका नेता समेत रहेका उद्धव थापा खानेपानी उर्जा तथा सिंचाई मन्त्री उद्दव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रको निर्देशन अनुसार बागमती प्रदेशका मन्त्रीहरुले राजीनामा दिने घोषणा गरेको हो। बागमती प्रदेशको ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाको १३ सिट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077