Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • युक्रेनमा युद्ध अन्त्य प्रस्तावमा नेपालसहित १४१ देशको मतदान, भारत र चीन तटस्थ

    युक्रेनमा युद्ध अन्त्य प्रस्तावमा नेपालसहित १४१ देशको मतदान, भारत र चीन तटस्थ

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 795
    SHARES

    काठमाडौं । नेपालले रुसले युद्ध बन्द गरी युक्रेनी भूमि छाड्नुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ देशले रुसले युक्रेनी भूभाग छाड्नुपर्ने पक्षमा मतदान गरेको हो ।

    आपत्कालीन विशेष सत्रमा युक्रेनमा युद्ध अन्त्य गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार रुसलाई युक्रेनबाट तत्कालीन सेना फिर्ता गर्न माग गरिएको नयाँ प्रस्तावको पक्षमा अधिकांश मुलुकहरूले मतदान गरे ।



    रुसले सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो । शुक्रबार उक्त आक्रमणको एक वर्ष पुगेको छ । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन सदस्यता लिने बताएपछि रुसले आक्रमण गरेको थियो ।



    नेपालसहित १४१ सदस्य राष्ट्रहरूले प्रस्तावको पक्षमा मतदान गर्दा सात मुलुकहरू बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरियाले भने प्रस्तावको विपक्षमा मतदान गरे । नेपालका दुई छिमेकीहरू भारत र चीनसहित ३२ मुलुकहरू भने मतदानमा अनुपस्थित रहे । राष्ट्र संघमा १९३ सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार