Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी : १३ घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भइरहेको छ ।

घोडेटार सामुदायिक वनबाट आगो बस्तीमा आएको हो । हालसम्म १३ घर जलेको चुहानडाँडा प्रहरी चौकीले जनाएको छ । आगलागी नियन्त्रण बाहिर रहेको छ ।

हावाहुरी चलिरहेकाले आगलागी फैलिरहेको छ । आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो ।

सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ । आगो निभाउने कार्यमा प्रहरी र स्थानीयबासिन्दा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077