Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्री सकारात्मक छन् : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चार दलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउन सकारात्मक रहेको बताएका छन् ।

प्रवक्ता महतले प्रधानमन्त्री दाहाल कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको बताएका हुन् ।

उनले भने,‘हामीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो । त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो ।

अन्य दलहरुले पनि सकारात्मक कुरा नै गर्नुभएको छ । त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ । आज बेलुकासम्म त्यहाँबाट एउटा निस्कर्ष निस्किन्छ । भोलि त नोमिनेसन गर्नु नै छ।'

महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने अपेक्षा राखेको र त्यसमा अन्य दलहरु पनि सकारात्मक रहेको बताए ।

शुक्रबार साँझ बस्ने चार दलीय बैठकले सो निर्णय गर्ने पनि उनको दाबी थियो । संविधानको रक्षाका लागि पनि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077