Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनार्दन शर्मा भन्छन्– आलंकारिक राष्ट्रपतिलाई कार्यकारी बनाउन खोज्नु दुःखद्

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिका विषयमा राजनीतिक दलहरुका बीचमा व्यापक छलफल हुन जरुरी रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको रुपमा चर्चा हुनु भने दुखद् भएको बताए।

उनले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराए ।

आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077