Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सन्दीपमाथिको प्रतिवन्ध हटाउला सर्वोच्चले ?

    सन्दीपमाथिको प्रतिवन्ध हटाउला सर्वोच्चले ?

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 618
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा उत्कृष्ट खेल प्रर्दशन गरेर नेपाललाई चार वटै खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका नेपाली क्रिकेट टिमाका पूर्व कप्तान सन्दीप लामिछानेलाई यूएइ जाने टिममा राखिएन ।

    नेपाल क्रिकेट संघ क्यानले आज यूएइ भ्रमणमा जाने १५ सदस्यीय क्रिकेट टीम घोषणा गर्दा सन्दीप भने परेनन् । बलात्कारको आरोप लागेपछि सन्दीपमाथि उच्च अदालतले विदेश भ्रमणमा रोक लगाएको छ ।



    सोहि कारण पनि उनी क्यानले घोषणा गरेको टीममा परेनन् । टियूको खेल मैदानमा स्कटल्याडसंगको अन्तिम खेल चलिरहँदा सन्दीपलाई यूएइ लैजानुपर्ने भन्दै दर्शकहरुले नारावाजी समेत गरेका थिए ।



    अदालतको आदेशकै कारण सन्दीपलाई टीममा पार्न नसकिएको क्यानले जनाएको छ । यद्यपी सन्दीप यूएई जाने सम्भावना समाप्त नभइसकेको क्यान स्रोतले बतायो । सन्दीको मुद्धामा भोलि सर्वोच्च अदालतमा सुुनुुवाई हुुँदैछ ।

    यदि सर्वोच्चले सन्दीपमाथि लगाएको विदेश जान नपाउने प्रतिबन्ध फुकुवा गरिदिएको खण्डमा उनी टीममा समावेश हुन सक्ने क्यान पदाधिकारीहरु नै बताउछन् । क्यानका म्यानेजर विनोद दासले खेलकुद परिषदबाट स्वीकृतिका लागि १५ सदस्यको छनोट गरेर पठाएको तर यही नै अन्तिम टोली नभएको प्रतिक्रिया दिएका छन् ।

    सन्दीपलाई धरौटीमा छोड्ने गरी उच्च अदालत पाटनले गरेको फैसला पुनरावलोकनका लागि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको छ । उक्त पुनरावेदनको भोलि सुनुवाइ हुँदैछ ।

    सन्दीपका वकिलहरुले पुनरावेदनको सुनुवाइमै विदेश भ्रमणमा लगाइएको प्रतिवन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्ने तयारी गरेका छन् । यदि त्यसमा सर्वोच्च सहमत भयो भने सन्दीपमाथिको प्रतिवन्ध फुकुवा हुनसक्छ र उनी नेपाली राष्ट्रिय टीमबाट यूएई भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न पाउने छन् । यदि सन्दीपमाथिको प्रतिवन्ध सर्वोच्चले कायम राख्यो भने उनी यूएई जान पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार