Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएई जाने नेपाली क्रिकेट टिमबाट ‘आउट’ भए सन्दीप,आरिफको पुनरागमन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न जाने नेपाली टीमबाट ‘आउट’ भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले यूएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको नाम हटाएको हो । उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने शर्त राखेको छ ।

अदालतको आदेशका कारण सन्दीपको नाम समावेश गरिएको छैन । क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीपको ठाउँमा प्रतिस जिसीलाई राखेको छ । नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ ।

१५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077