Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • घूस खान पाइने कार्यालयमा जान ‘सोर्सफोर्स’

    घूस खान पाइने कार्यालयमा जान ‘सोर्सफोर्स’

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 810
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूमध्ये अधिकांश कर्मचारीले अहिले पनि घुस खान पाइने निकायमा जानकै लागि ‘सोर्सफोर्स’ लगाउने गरेका पाइएको छ ।

    ती कर्मचारीले आर्थिक तथा अन्य प्रलोभनमा पारेर उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वबाटै सोर्सफोर्स लगाउने गरेका मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।



    विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम केही समययता बढिरहेको छ । जनस्तरमा केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन्, जहा घूस नदिई जनताका कुनै काम हुँदैन । ती कार्यालयमा जान कर्मचारीहरू मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकारीहरूको अनुभव छ ।



    मन्त्रालयका अधिकारीहरूका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्ट्रार कार्यालयहरू, भौैतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरू र केही जिल्ला प्रशासन कार्यालय छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्यै रूपमा अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हातपर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुनेक्रममा कमी आएको छैन । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार