Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा ३३.५७ अंकको वृद्धि, सबैभन्दा बढी कमाउनेमा हाइड्रोपावर कम्पनी

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ३३.५७ अंकले बढेर नेप्से २०८० विन्दु कायम भएको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले बढेर ३९६.३३ विन्दुमा पुगेको छ।

गत २६ माघदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको हो ।

आज नेप्सेमा २६९ कम्पनीले ४७ लाख ७८ पटकको खरिदबिक्रीमा हुँदा १ अर्ब ८० करोडको कारोबार भएको छ।

नेप्सेको अनुसार आज हिमालयन डिस्टीलरीको सर्वाधिक १३ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै,आज सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीहरुमा ८ वटा नै हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077