Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपलाई यूएई लैजान आग्रह गर्दै राखेपलाई क्यानको पत्राचार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राखेपलाई पत्राचार गरेको हो ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । क्यानका महाप्रबन्धक वृतान्त खनालले हस्ताक्षर गरेको पत्र हालै राष्ट्रिय खेलकुद परिषदमा पठाइएको छ ।

उक्त पत्रमा सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न राखेपलाई अनुरोध गरिएको छ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।

यतिबेला क्रिकेट समर्थकहरूले सन्दीपलाई यूएई भ्रमणमा समावेश गर्न माग गरिरहेका छन् । हिजो नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा दर्शकहरूले ‘सन्दीपलाई दुबई जान दे’ भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077