Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपसँग हात नमिलाएका स्कटल्यान्डका प्रशिक्षक बर्गरले भने - हामी कुनै पनि हिंसालाई समर्थन गर्दैनौं

काठमाडौं । नेपाली बलर सन्दीप लामिछानेसँग हात नमिलाएको प्रकरणमा स्कटल्यान्डका क्रिकेट प्रशिक्षक शेन बर्गरलेस्कले मुख खोलेका छन् ।

पहिलो खेलमा हात नमिलाएपछि यसबारेमा कुराकानी नगर्ने बताएको स्कटल्यान्ड टोलीले शृंखलाका खेल सकिएपछि भने मुख खोलेको हो ।

काठमाडौंमा मंगलबार सम्पन्न भएको नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मेलित त्रिकोणत्मक शृंखलामा स्कटल्यान्डका खेलाडीहरुले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपसँग हात मिलाएका थिएनन् ।

यसबारे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालसँगको खेलपछि पत्रकारसँग कुरा गर्दै बर्गरले नेपाली पक्षलाई पूर्व जानकारी गराएरै बलर सन्दीप लामिछानेसँग हात नमिलाएको स्पष्ट पारे ।

उनले आफूहरुले कुनै पनि हिंसालाई समर्थन नगर्ने बताए । सोसाइटीमा रोल मोडल भइसकेको व्यक्तिले आफूले के गर्ने भनेर विचार गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077