Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रियंका हत्या प्रकरण : श्रीमान्‌सहित चारजना पक्राउ

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले एक महिलाको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनारको हत्या प्रकरणमा मोरङको कटहरी गाँउपालिकाका ६२ वर्षीय रामानन्द राम, ३५ वर्षीय उमेश सरदार, विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर–१९ का २९ वर्षीय रमेश साह पक्राउ परेका छन् ।

सोमबार दिउँसो मोरङको बुढीगंगा गाँउपालिका–२ स्थित अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा सुनारको शव प्लाष्टिकको बोरामा फेला परेको थियो। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा राम र साहलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले पक्राउ परेको दुवै जनासँग सोधपुछ गर्दा सरदार र चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

हत्याको विषयमा प्रहरीको अनुसन्धान जारी रहेको छ । घटनाको वास्तविकता पत्ता लगाउन केही समय लाग्ने सक्ने प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077