Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा शाहको अभिव्यक्ति असंवैधानिक, कोही पनि श्री ५ महाराजधिराज छैनन् : माधव नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।

सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहको वक्तव्य गणतन्त्रविरुद्धको असंवैधानिक र अनाधिकृत भएको टिप्पणी गरेका हुन् ।

‘जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३ औं प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोहीपनि 'श्री ५ महाराजधिराज' नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको बताइएको छ ।

केही दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटकपटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बोल्नु सरासर गलत भएको एकीकृत समाजवादीको निष्कर्ष छ ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै अहिलेको राज्य व्यवस्थाले जनताको सुख र समृद्धिमा योगदान दिन नसकेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077