Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा. डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077