Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा जसपाका मन्त्री भण्डारीलालले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट सरकारमा नियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा संविधानको धारा १६८ को उपधारा २ अनुसार कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् ।

यसअघि नियुक्त एमालेका एक मन्त्रीलाई बिना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो । यसअघि सरकार बिस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो ।

मुख्यमन्त्री गिरिले एमालेका कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077