Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारमा सहभागी हुँदै जसपा,मन्त्री हेरफेरको तयारी

रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा जनता समादवादी पार्टी (जसपा) पनि सहभागी हुने भएको छ ।

जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव लुम्बिनी आएको बेला मुख्यमन्त्री लीला गिरीसँग भेटेपछि यस्तो सहमति जुटेको हो ।

लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको छ ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो ।

त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यव मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागिएको स्रोतको दावी छ ।

प्रदेश प्रमुख कार्यालयले सोमबार शपथको तयारी गरेको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077