Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शौचालय डिजाइन प्रतियोगितामा उत्कृष्ट शौचालय बनाउनेलाई एक लाख ५० हजार पुरस्कार

धनगढी । धनगढी उपमहानगरपालिकाले शौचालयको डिजाइन प्रतियोगिता आयोजना गरेको छ। जसमा प्रतियोगीले शौचालयको डिजाइन बनाउनुपर्नेछ ।

उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट  पहिलो र दोस्रो शौचालयको नमुनालाई धनगढी उपमहानगरले क्रमश १ लाख ५० हजार र ७५ हजार पुरस्कार दिने जनाएको छ।

यसका लागि उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार प्रतियोगितामा मुलुकभरका इन्जिनियर सहभागी हुन सक्ने छन् ।

यसरी छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने उपमहानगरको तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077