Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अध्यक्ष ओलीले भने - गठबन्धनको जन्मकुण्डलीमै राष्ट्रपति एमालेको हुने लेखिएको छ

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद कसले पाउने भन्ने पहिले नै तय भएको बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने दाबी गरेका हुन् ।

ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताए ।

उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’

अहिलेको समीकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077