Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपति उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु।’

अहिलेसम्म राष्ट्रपतिको बारेमा आफूले कुनैपनि नाम नलिएको भन्दै १३ गतेमात्रै नाम लिने उनले बताए। एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने र त्यसमा नै सहमति हुनुपर्ने ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077