Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिनियाँ राजदूत सोङ र ओलीबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत बालकोट पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन् ।

भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार राजदूत सोङले नेपालको राजनीति र राष्ट्रपति निर्वाचनबारे ओलीसँग जिज्ञासा राखेका थिए ।

राष्ट्रपति निर्वाचनका कारण सत्ता गठबन्धन संकटमा रहेको बेला राजदूत सोङ र ओलीबीच वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077