Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेसँग स्कटल्यान्डका खेलाडीले हात मिलाउन मानेनन्

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीले हात मिलाउन अस्वीकार गरेका छन् ।

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत च्याम्पियन स्कटल्याण्डमाथि नेपालले ३ विकेटको जित दर्ता गरेपछि मैदानमा सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरेका हुन् ।

कुनैपनि खेल सम्पन्नपछि दुबै टोलीका खेलाडीले एक अर्कासँग हात मिलाउने संस्कार छ । तर स्कटल्यान्डका खेलाडीले अन्य खेलाडीसँग हात मिलाए पनि सबैभन्दा पछाडि रहेका सन्दीपसँग भने हात नमिलाएका हुन् ।

सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077