Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद बैठकमै सन्दिपमाथि खनिइन सांसद सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद बैठकमै क्रिकेटर सन्दिप लामिछानेमाथि प्रश्न उठाएकी छन् । बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दिएको भन्दै प्रश्न गरेकी उनले पीडितलाई झनै मानसिक अवसादमा धकेल्ने जोखिम बढेको बताइन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लामिछानेलाई कुन नैतिकताको आधारमा र कसरी राष्ट्रको प्रतिनिधि बनाइएको भन्दै प्रश्न सोधेकी हुन्।

संसद बैठकमा उनले भनिन्–‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यही कारण पीडितलाई झनै मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ। आरोप लागेका व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’

न्यायपालिकाको काम चुस्त, दुरूस्त, पारदर्शी र सबैको पहुँचमा नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको उनले बताइन् । उनले भनिन्–‘सन्दीप लामिछानेको मुद्दा हेरौं। त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ?

मंगलबार कीर्तिपुरस्थित आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरूद्धको एकदिवसीय खेलमा लामिछानेले पनि खेलेका थिए। उनले तीन वीकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077