Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम १ अर्ब ७८ करोडमा झर्‍यो

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ ।

सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७ करोडको सेयर किनबेच भएको हो।

योसँगै २५५ कम्पनी खरिदबिक्रीमा सामेल भएको बजारमा १ अर्ब ७८ करोड ७० लाखको कारोबार भएको हो।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077