Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राइड सेयरिङ ट्याक्सीमाण्डुले आज दिनभर नि:शुल्क बाइक र ट्याक्सी सेवा दिने

काठमाडौं। राइड सेयरिङ ट्याक्सीमाण्डुले दिनभरि नि:शुल्क सेवा दिने भएको छ।

यातायात व्यवसायी र मजदुरले विभिन्न माग राखेर आन्दोलन गरेका कारण सार्वजनिक यातायात ठप्प बनेको छ।

बन्दलाई समर्थन गर्दै यात्रुहरुको असुविधालाइ ध्यानमा राखेर बिहान १० बजेदेखि साझ ७ बजेसम्म निशुल्क सेवा संचालनमा ल्याएको ट्याक्सीमाण्डुका प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले बताए।

उनका अनुसार सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तब्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत नि:शुल्क सेवा लिन सक्नेछन्।

यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भएपनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिँदा सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निशुल्क सेवा सुचारु गरिएको उनको भनाइ छ।

उनका अनुसार यो सेवा लिन यात्रुले आफ्नो राइड रिक्वेस्ट गर्दा 'NEPALRIDE' प्रोमोकोड प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077